११ जेष्ठ २०८२, शनिबार

मतदाता शिक्षामा केन्द्रित बैजनाथ एमाले
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिकामा नेकपा एमालेले टोल मतदाता शिक्षा लाई तिब्रता दिइएका छन।

बैजनाथ पालिका अध्यक्ष उम्मेदवार घननाथ खनालले आज बैजनाथ गाउँपालिका वडा न २ का विभिन्न टोलहरुमा मतदाता शिक्षा लाई प्रभावकारी रुपमा संचालन गर्नाका लागि टोल कमिटीलाई आग्रह गरेका छन।

उनले मकैवारी टोल कल्लारामपुर रापुर त्यसै वडा न ३ स्थित उत्तर लदौउरा जस्ता टोलहरुमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन खटिएका छन। उनी सँग वडा अध्यक्ष उम्मेदवार सदस्य उम्मेदवार पार्टीका जिम्मेवार व्यक्तिहरु समेत परिचालित भएका छन। त्यसै गरी नेकपा एमालेका २३ भातृय संगठन हरु समेत मतदाता शिक्षामा खटिएको  नेकपा एमाले पालिका अध्यक्ष ईन्द्र थापाले जानकारी गराएका छन।

  • २४ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech