बाँके\ पशुपतिदयाल मिश्र बाँकेको राजनीतिमा पुराना खेलाडी हुन । उनीसंग ठूलो जनमत छ । जबजब मिश्रप्रति मतदाताले व्यापक समर्थन जनाउँछन् तवतव प्रतिस्पर्धी शक्तिले उनी बिरुद्ध प्रोपगान्डा मच्याउछन् । उनी बिरुद्ध नेपालगन्जमा प्रोपगान्डा मच्याउने कारखाना नै स्थापना गरिएको छ । एकाध मान्छे त्यस कारखानामा प्रयोग भइरहेका छन् । उनीहरुको काम नै मिश्र बिरुद्ध नियोजित प्रहार गरी आफुनिकटका उम्मेदवारलाई फाइदा पुर्याउनु हो ।
यसपटक उनीहरुले मच्याउन प्रोपगान्डा उनीहरु बिरुद्ध नै ब्याकफायर हुने देखिएको छ । शुरुदेखि नै एकढिक्का हुन नसकेका प्रतिस्पर्धीहरु आत्तिएका छन् भने उनीहरुको कामै बलियो अवस्थामा रहेका मिश्र बिरुद्ध तल्लोस्तरमा गिरेर आरोप लगाउनमै सीमित भएको छ । त्यसले कुनै फरक नपर्ने भएपछि कसैेले प्रतिवाद समेत गरेका छैनन् । काग कराउदै गर्छ पिना सुक्दै गर्छ भनेझैं मिश्र जनताको घरदैलोमा व्यस्त छन् । तर सरोकारवाला निकायले त्यसरी उम्मेदवार बिरुद्ध प्रोपगान्डा कारखाना चलाउनेलाई निगरानीमा राखेर कारवाही गर्नुपर्ने आवाज स्वतन्त्ररुपमा उठेको छ । एउटा उम्मेदवार बिरुद्ध खनिएर अर्को उम्मेदवारलाई फाइदा पुर्याउने त्यस्ता कारखानाहरुले निर्वाचन आँचारसहिताको घोर उल्लघंन गरेको पाइएको छ ।
नेपालगन्जको राजनीतिमा जब–जब चुनाव आउँछ तब–तब मिश्र बिरुद्ध बिरोधीले नियोजित रुपमा उचाल्ने मुद्दा हो–मधेस आन्दोलनमा सीमापारीबाट ढुङ्गा प्रहार १ रोचक त के छ भने त्यसबेला आफु नदेखिएर नेता कार्यकर्तालाई गोप्यरुपमा कडारुपमा आन्दोलनलाई झन् चर्काउन रणनीति बनाउने नेता कार्यकर्ताले नै मुख्यरुपमा ढुङ्गा हानेको बिषय उठाएर मिश्र बिरुद्ध मत प्रभावित गर्न खोज्छन् । आफुहरुले सीमामा बसेर ढुङ्गा हानेको र आन्दोलन चर्काउन रणनीति बनाएको चटक्कै बिर्सिएर मिश्र एक्लैले सबैथोक बिगारेझैं गरेर सामाजिक सन्जालमा आफ्नो भडास पोखिरहेका भेटिन्छन् । सीमा नाका बन्द गर्नेका रणनीतिकारहरु सगौरब राजनीतिमा लागिरहँदा मिश्रले भने सदैव त्यसको सजाय पाउनुपर्ने झैं गरी नेपालगन्जमा तयार गरिने राजनीति अन्यायपूर्ण छ ।
तर यसपटक यहाँका मतदाताले त्यही बिषयलाई लिएर मिश्रलाई अन्याय नगर्ने देखेपछि बिरोधी आत्तिएका छन् । उक्त बिषय उठाएर मिश्र आवद्ध दल एमाले समर्थक मतदाता र अन्य मतदाता भड्काउन सके आफ्ना उम्मेदवार जित्छन् भन्ने नियत राख्नेहरुको पोल खुल्दै गएको
छ । ढुङ्गा हानेको मुद्दा मिश्र बिरुद्ध मच्चाइने चुनावी हत्कण्डा मात्र भएकाले उनलाई पटक–पटक अन्याय गर्न सकिदैन भन्ने बुझाई आममतदातामा रहेको पाइन्छ । ‘हिजो ढुङ्गा हान्ने र हान्न लगाउने अनेक थिए ।
अरु छाती फुलाएर हिड्दा पशुपतिलाई भनेर अन्याय गरिरहने रु’ –मतदाताको बुझाई यही छ । नेपालगञ्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई पार्टी प्रवेश गराएर नेकपा एमालेले चुनावी शक्तिआर्जन गरेको छ । त्यसो त एमालेसंग मिश्रको नाता पाँच बर्ष अघिकै हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मिश्रले सुर्य चुनाव लिएर बाँके क्षेत्र नं। २ मा चुनाव लडेका थिए ।
मधेसमा प्रतिकुल अवस्था ठानिएको त्यो बेला समेत मिश्रले झण्डै १६ हजार मत ल्याएर दोस्रो भएका थिए । मधेस आन्दोलन चर्किए लगत्तै भएको निर्वाचनमा होमिएका मिश्र सुर्य चुनाव चिन्हबाट लडे पनि एमाले भइसकेका थिएनन् । मधेस आन्दोलनको राप र पूर्णरुपमा एमाले नहुँदा पनि मिश्रले सम्मानजनक मत ल्याएका थिए । अहिले भने परिस्थिती मिश्रकै पक्षमा छ । बिरोधीले चर्काउने ढुङ्गा हानेको बिषय एकाध मान्छेको आत्मरतीको बिषय मात्र बनेको छ भने सबैजसो मतदाताले मिश्रलाई बदनाम गर्न खोज्ने अस्त्र मात्र भएको बुझिसकेका छन् ।
यसपटक ठूलो संख्यामा एमाले प्रवेश गरेपछि मिश्रले नेपालगन्ज मात्र होइन बाँकेका सबै क्षेत्रमा एमाले संगठन बिस्तारलाई प्राथमिकता दिएका छन् । खासमा एमालेका केन्द्रदेखि तल्लोतहसम्मका कार्यकर्ताले पशुपतिलाई र पशुपतिले तल्लोतहका कार्यकर्तालाई मनैदेखि अपनाइसकेकाले एमाले मत उनी बाहेक अन्त जाने सम्भावना छैन । बिरोधले मच्चाउने हल्ला र एकढिक्का एमालेका नेता कार्यकर्ताबीच चुनावमा होमिदा नेपालगन्जमा मेयरका लागि एकल नाम सिफारिस भएका मिश्रले जित्ने सम्भावना देखिन्छ ।
तर परिणाम भने बैशाख ३० गते नै प्रष्ट हुने छ । बिरोधीले उचाल्ने तुच्छ टिप्पणीप्रति मिश्रले कहिल्यै रुखो तरिकाले प्रतिवाद गर्दैनन । खासमा मधेस आन्दोलनताका उनको सक्रिय सहभागिता रहेको साँचो हो । तर ढुङ्गा नै हानेको भने सत्य होइन । बरु आन्दोलन भड्काउन र गलतबाटोमा लैजान खोज्नेहरुलाई उग्र र उदण्ड बन्न नदिन उनले समन्वयकारी भूमिका निभाएका थिए । त्यसलाई चटक्क बिर्सिएर त्यही आन्दोलनका कारण नेता बनेकाहरुले नै मिश्र बिरुद्ध प्रचारबाजी गरेको पाइन्छ ।
जुन प्रचारबाजीलाई यहाँका मतदाताले यसपटक बिश्वास गरिरहेका छैनन् । मिश्र भन्छन्–‘त्यतिबेलाको यथार्थ बुझ्दै नबुझी अत्यन्त संगिन बिषय उछालेर पटक–पटक मानमर्दन गरेको देख्दा दुःख लाग्छ । यहाँका मतदाताले सबै कुरा थाहा पाइसकेकाले त्यसरी मानमर्दन गर्नेहरुप्रति कुनै गुनासो राख्दिन । यत्ति मात्र भन्छु, समृद्ध नेपालगन्ज बनाउनेतिर लागौं ।
तल्लोस्तरका आरोप प्रत्यारोपको राजनीति त्यागेर अगाडी बढौ । हरेक धर्म,सम्प्रदायका नागरिक अटाउने बिशाल हृदयको र समृद्ध नेपालगन्ज बनाउन जुटौं । ’मिश्रले आफुले एमाले र एमोले आफुलाई मनैदेखि अङ्गालिसकेकाले अब जीवन नै यसैमा बित्ने जनाए । ‘मलाई एमालेका नेता कार्यकर्ताले अपनाए,मैले उहाँहरुलाई । अब मेरो राजनीतिक जिवन यही पार्टीमा बित्छ । गीत छ नी १ सै पनि एमाले, मै पनि एमाले । हो, अब जीवनभर एमाले ।’ – मिश्रले भने ।