बाँके\ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । नेपालगन्ज र कोहलपुरमा आयोजित चुनावी सभालाई उनले सम्बोधन गरे । नेपालगन्जको त्रिभुवन चोक क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अरु पार्टीले देशलाई भ्रष्टाचारमा डुबाएको आरोप लगाए ।
राप्रपा पार्टी मात्र देशलाई बचाउने पार्टी रहेको लिङ्देनको भनाई छ । स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई भोट हालेर राप्रपालाई सबै नागरिकको साझा पार्टी बनाउन उनले आग्रह गरेका थिए । आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको धारणा राखे ।
सो क्रममा राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा, नेपालगन्ज उपमहानगरपकालिकामा राप्रपाका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार नन्दलाल बैश्य, बिन्दु चर्तीमगर लगायत ठुलो संख्यामा राप्रपाका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो । साभार