११ जेष्ठ २०८२, शनिबार

एमाले उम्मेदवार बैजनाथका टोल टोलमा
  • न्युज मानसराेवर

बैजनाथ । नेकपा एमालेले बैजनाथ गाउँपालिका वडा न ३ मा घरदैलो तथा टोल भेला अन्तरक्रिया गरेको छ । बैजनाथ गाउँपालिका अध्यक्ष उम्मेदवार घननाथ खनाल वडा अध्यक्ष पदका उम्मेदवार कालि बहादुर खड्का लगाएतले बैजनाथ गाउँपालिका वडा न ३ स्थित सुतैया टोलमा अन्तरक्रिया तथा घरदैलो गरिएको नेतृ निर्मला मल्लले जानकारी गराइन ।

कार्यक्रम समृद्ध बैजनाथ निमार्णका अपुरा कार्यहरु सम्पन्न गर्नाका लागि पूर्ण ५ वर्ष एमाले उम्मेदवारहरुलाई विजयी गराउन उम्मेदवाहरुले मतदातालाई अपिल गरेका छन।

पछिल्लो समय बैजनाथ गाउँपालिका एमाले उम्मेदवाहरु टोल टोलमा अन्तरक्रिया तथा मतदाता शिक्षामा केन्द्रित अभियान संचालन गरेका छन। उनीहरुले समृद्ध बैजनाथ निमार्णका बाँकी कामहरु पुरा गर्नाका लागि मतदातासँग मत मागी रहेका छन।

  • २५ बैशाख २०७९, आईतवार प्रकाशित

  • Nabintech