११ जेष्ठ २०८२, शनिबार

प्रमादेशी सरकारले सुकुमबासी माथी अन्याय गर्योःरुचाल
  • न्युज मानसराेवर

बाँके\ बैजनाथ गाउँपालिका वडा न १ मा नेकपा एमालेले अन्तिम चुनावी सभा गरेको छ ।

यही ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन लक्षित चुनावी सभामा नेकपा एमाले नेता मान बहादुर रुचालले सबृद्ध बैजनाथ निमाार्णमा जनताका आधारभूत आवश्यताहरु लाई मध्य नजर गरेरे योजनाहरु संचालन गरेको बताएका छन।

रुचाललले आर्थिक रुपान्तरण सँगै राष्टिय अन्तरराष्टिय मुल्य मान्यातरुलाई आत्मसाथ गर्दै समृद्ध बैजना निमार्णको मार्ग दर्शन गरिएको दावि गरेका छन।

उनले समृद्ध बैजनाथ निमार्णका लागि गरिबी न्यूनिकरण र महिला शशक्तिकरण मुख्य एजेण्डा रहेको बताए । उनले गुणस्तरीय शिक्षाका लागि आधारभूत तह सम्म निशुल्क शिक्षा र गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले बैजनाथ गाउँपालिकाले कामहरु संचालन गरेको उल्लेख गरे । भौतिक पूर्वाधार निमार्ण स्वास्थ्य सेवाको विकेन्द्रकरण गरिएको बताए ।

उनले साना किसानहरुको सवलीकरण गर्नाका लागि बैजनाथ गाउँपालिकाले साना किसना उद्यमी सुढृढिकरण परियोजना संचालन गरी किसानका उत्पादित बस्तुहरुको बजारीकरण गर्नाका लागि सहकारी समेत स्थापना गरिएको बताए ।

उनले स्वरोजगार बनौ आफ्नो गाउँ आफै बनाउन भन्ने मूल मर्मका अनुसार बैजनाथ गाउँपालिकाको ५ वर्षे कार्यकाल सुनौलो रहेको बताउदै सुकुमबासी समस्या समाधान गर्नाका लागि अन्तिम चरणमा पुगेकोमा प्रमादेशी सरकारले आयोग नै खारेज गरेको आम सभामा रुचालले भने ।

उनले प्रमादेशी सरकारले सुकुमबासीहरु माथी अन्याय गरेको बताउदै अब आउने जनप्रतिनिधिहरुले सुकुमबासी अव्यवस्थित बसोबासीहरुको न्यायका लागि कटिवद्ध हुने  भनेको नेकपा एमाले उम्मेदवार मात्र रहेको बताए ।

कुन मुखले सुकुमबासी अव्यवस्थित बसोबासीहरु सँग के र कुन एजेण्डा लगेर नेपाली कांग्रेस माओवादीका साथीहरुले मत माग्ने ? जनताले किन मत दिने ? उनले भने ।   स्थानीय सरकारले अझै पनि जनताहरुलाई लालपुर्जा उपलब्ध गराउने सन्र्दभमा वडा न २ र ६ मा नापी श्रेस्ता कायम अभिलेखिकरण जस्ता कामहरु कर्मचारी नियुत्त गरेरे सम्पन्न गरिएको उनले उल्लेख गरे ।

अध्यक्ष रुचालले स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमाले उम्मेदवाहरुको विजयी पश्चात जनातका विचमा गरिएका बाचाहरु पुरा हुने बताए ।उनले गठबन्धन प्रति र नेपाली काग्रेस प्रति लक्षित गर्दै समृद्ध बैजनाथ निमार्णका आधारहरु बारे जनताहरुले बहस गर्नु पर्ने धारणा राखेका थिए ।

  • २७ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech