बाँके\ भदौ महिना नेपालमा हरिको मकै खाने मौसम हो । सिजनमा मात्रै हाेइन मकै वर्षै भरि पाउन सकिन्छ । सुकेको मैक भुटेर खान सकिन्छ । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पुर्याउछ ।
मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो । मकै खादा तौल घट्नुका साथै अन्य रोगको निराकरणका लागि पनि निकै फाइदा हुन्छ ।
मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइन्छ ।
यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ । यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ ।
क्यानसरबाट जोगाउँछ
मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वका कारण क्यान्सरजस्ता खतरनाक रोगको खतरा पनि कम हुन्छ । यसका साथै यसले फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ । मकैमा पाइने फेरुलिक एसिड, स्तन र कलेजोको ट्युमरको आकारलाई पनि कम गर्नमा सहयोग गर्दछ ।
हड्डीलाई बलियो बनाउनका लागि तपाईं दुध र भिटामिन डी को सेवन गर्नुहुन्छ । तर तपाईंलाई थाहा नहोला, मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । यसका साथै यसले बाथ रोगको सम्भावना पनि कम गर्दछ ।
छालालाई चम्किलो बनाउँछ
छालालाई चम्किलो बनाउनका लागि तपाईं के मात्र गर्नुहुन्न तर मकैको सेवन गर्दा छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ । वास्तवमा मकैमा भिटामिन ए र सी राम्रो मात्रामा पाइन्छ । यसका साथै एन्टी–अक्सिडेन्ट फ्री र्डिकलबाट बचाएर अनुहारमा चाउरी पनए दिँदैन ।
आँखाको लागि फाइदाजनक
मकैमा बिटा–क्यारोटिन, भिटामिन ए हुन्छ जुन आँखाको लागि निकै फाइदाजनक छ । यसले आँखाको समस्यालाई कम गरेर, ज्योती बढाउँछ । यसका साथै बढ्दो उमेरसँगै हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ ।
अल्छी हटाउँछ
यदि तपाईंलाई अल्छी लाग्छ र शरिरमा ऊर्जा छैन जस्तो अनुभव हुन्छ भने मकैको सेवन गर्नुहोस् । मकैमा कार्बोहाइड्रेट हुन्छ जसले शरिरलाई ऊर्जावान् राख्छ । यो खाँदा पेट चाँडै नै भरिन्छ र तपाईंलाई धेरैबेरसम्म ऊर्जावान् राख्दछ ।