७ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रका उम्मेदवारले साडी र पैसा बाँडेको आरोप
  • न्युज मानसराेवर

रोल्पा \ रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बीरबहादुर केसी (भिउदे)ले मतदातालाई साडी र पैसा बाँडेको आरोप लागेको छ। उनले पाखापानी क्षेत्रका मतदातालाई प्रलोभनमा पार्न घर–घरमा पुगेर महिला समूहलाई साडी र विपन्न परिवारलाई पैसा बाँडेको एमाले, कांग्रेस र स्वतन्त्र उम्मेदवारले दावी गरेका छन्।

पूर्वसभामुख ओनसरी घर्तीमगर र माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका केसीले खुलेआम मतदातालाई प्रभावित पार्दापनि प्रहरी चुपचाप बसेको आरोप लगाएका छन्।

जिनाबाङ र पाखापानीका स्थानीयले उनलाई पैसा र साडी बाँडेको आरोप लगाएका छन्। पूर्वसभामुख केसीको प्रचारप्रचारका लागि झण्डै हप्तादिन गंगादेव बसेर बुधबार माडीचौर फर्किएकी छन्।

मौन अवधिमा माओवादी केन्द्र गंगादेवले मतदाता प्रभावित पारेकोमा एमाले, कांग्रेस र स्वतन्त्र उम्मेदवारले आपत्ति जनाएका छन्।  पैसा बाँड्न आएको भन्दै स्थानीय कार्यकर्ताले मालेखोलामा नाराबाजी गरेको कांग्रेस नेताले बताएका छन्।

  • २९ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech