७ बैशाख २०८१, शुक्रबार

जसले मताधिकार प्रयोग गरिन्, मत परिणाम सुन्न पाइनन्
  • न्युज मानसराेवर

बाँके\ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैना निवासी ६५ वर्षीया बृद्धा सोनापति काँदुले पाँच वर्षका लागि जनप्रतिनिधीलाई आफ्नो अमुल्य मतदान गरिन् । तर, आफुले मताधिकार प्रयोग गरेपनि मत परिणाम सुन्न पाइनन् ।

स्थानीय महाराजा महाराजा माध्यामिक बिद्यालयको मतदान केन्द्रमा पुगेर शुक्रबार दिउँसो मात्र उनले मतदान गरेकी थिइन् । मतदान गरेर घरमा फर्के लगत्तै अपरान्ह ५ बजेतिर उनको एक्कासी मृत्यु भएको हो ।

मतदान गरेर घरमा आए लगत्तै आफ्नी आमाको मृत्यु भएको सोनापतिका छोरा अशोकले बताए । ‘आमा पहिलेदेखि नै अस्वस्थ हुनुहुन्थ्यो, मतदान गरेर घर फर्केको एक घण्टामै आमा बित्नुभयो,’ उनले भने । सोनापति विगत ३ महिनादेखि अस्वस्थ थिइन् ।

आफू अस्वस्थ्य भएपनि मतदान गर्ने ईच्छा राखेकी आमालाई छोरा नै मतदान स्थलमा लगेका थिए । ‘मतदान गर्ने आमाको ठुलो ईच्छा थियो, मतदान गरेर घर आईपुगेपछि वित्नु भयो, मत परिणाम सुन्नै पाउनु भएन,’ छोरा अशोकले भने । उक्त वडामा कुल २ हजार ९ सय ३४ जनाले मतदान गरेका छन् ।

  • ३० बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech