११ जेष्ठ २०८२, शनिबार

राप्तीसोनारी गाउँपालिका वडा १ र ३ मा एमालेको पुरै प्यानलै विजयी
  • न्युज मानसराेवर

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा वडा नं. १ मा नेकपा एमालेले पुरै प्यानल विजयी भएको छ ।

एमालेबाट अध्यक्षका उम्मेवार यमबहादुर खड्का ८७७ मत ल्याएर विजयी भएका हुन् ।

यसैगरी महिला सदस्यमा यामकुमारी वलीले ९४९, दलित महिला सदस्य निर्मला बिकले ८६३, खुला सदस्यतर्फ चर्कबहादुर भण्डारीले ८१६ र भरतकुमार बुढाथोकीले ८२६ मत ल्याएर बिजयी भएका हुन् ।

अध्यक्षमा नेपाली काँग्रेसको उम्मेदवार तेजबहादुर सुवेदी ६४१ मत ल्याए भने माओवादी केन्द्रका उम्मेदवार हंस कुमालले ४५१, धारा स्वतन्त्र उम्मेदवार रुद्धमणी ढकाल ४१६ र राप्रपाका उम्मेदवार हरिभक्त डाँगी ४६ मत ल्याएका छन् ।

यस्तै, राप्तीसोनारी गाउँपालिकामा–३ मा पनि एमालेले पुरै प्यानल विजयी भएको छ ।

एमालेका तर्फबाट अध्यक्षका उम्मेवार मिनकुमार थारुले १ हजार ३४३ मत ल्याएर विजय भएका हुन् ।

महिला सदस्यमा सुमित्राकुमारी थारुले १ हजार ३१३, दलित महिला सदस्य रिता दमाईले १ हजार ३१२, खुला सदस्यतर्फ पुन्वा थारुले १ हजा २९९ र मंगलबहादुर वलीले १ हजार २८९ मत ल्याएर विजयी भएका छन् ।

  • १ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech