६ चैत्र २०८०, मंगलवार

नेपालगन्ज उपमहानगरको मेयरमा गठबन्धन दोब्बर मतले अगाडि
  • न्युज मानसराेवर

बाँके\ बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारभन्दा झन्डै दोब्बर मतले अगाडि रहेका छन् ।

कांग्रेसका विष्टले ८३४० मत पाउँदा एमालेका पशुपतिदयाल मिश्रले ४३७७ मतमात्रै पाएका छन् । उनी विष्टभन्दा ३९६३ मतले पछाडि छन् । मेयरमै राप्रपाका नन्दलाल वैश्यले ३३६१ मत ल्याएका छन्।

उपप्रमुखमा गठबन्धनबाट जसपाका कमरुद्दिन राईले ६७८८ मत पाएका छन् । राईलाई राप्रपाकी विन्दु चर्ती मगरले ४३६१ मतका साथ पछ्याइरहेकी छन्। त्यस्तै नेकपा एमालेकी शान्तिदेवी ढकाल ४२०० मत पाएकी छन् ।हालसम्म नेपालगञ्जमा वडा नम्बर १, २, ३, ४, २०, २१, २२ र २३ को मतगणना सकिएको छ ।

  • ३ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech