६ चैत्र २०८०, मंगलवार

राप्तीसोनारीको अध्यक्ष उपाध्यक्षमा काँग्रेसका पौडेल र थारु विजयी
  • न्युज मानसराेवर

 बाँके \ बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल निर्वाचित भएका छन ।

नेकपा माओवादी केन्द्रका पट्टु थारुलाई ८ सय २० मतको अन्तरले पछडि पार्दै उनी निर्वाचित भएका हुन् । पौडेलसँगै उपाध्यक्षमा पनि कांग्रेसकै मनिषा सिंह थारु निर्वाचित भइन ।कुल खसेको मत ३२९६६ मा पौडेलले १०११२ मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी माओवादीका थारुले ९२९२ मत प्राप्त गरेका छन । यस्तै नेकपा एमालेका रामदास थारुले ९१४० मत प्राप्त गरेका छन् ।यसैगरी उपाध्यक्षमा मनिषाले नेकपा एमालेकी चमेली वागवानलाई ७८६ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । मनिषाले १०१३४ मत प्राप्त गरिन । उनकी निकटम प्रतिद्वन्द्वी वागवानले ९३४१ मत प्राप्त गरेकी छन ।

यसैगरी माओवादी केन्द्रकी मन्जु रोकायले ८७९३ मत ल्याएकी छन । कुल ९ वटा वडा रहेको सो गाउँपालिकामा कांग्रेसले कुनै पनि वडा अध्यक्ष र वडासदस्य जित्न सकेको छैन । २०७४ मा कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ५ वडा वडा जितेको थियो । फोटो सामाजिक सञ्जाल

  • ३ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech