१५ असार २०८२, आईतवार

स्थानीय चुनावमा तराजुको पहिलो विजय
  • न्युज मानसराेवर

बाँके\ स्थानीय तह निर्वाचनमा तराजु चुनाव चिह्न भएको विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका छन् । बाराको फेटा गाउँपालिका वडा नं ६ को अध्यक्षमा विवेकशील साझा पार्टीका मौलाना मिरहमजा ठकुराइ आफ्नो टिम सहित विजयी भएका हुन् । फेटा गाउँपालिकाको अध्यक्ष पदका उमेदवार रुस्मत अन्सारीले समेत अग्रता लिइरहेका छन्।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको तर्फबाट वडाध्यक्षमा भएको विजयप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन् । ‘गत संघीय निर्वाचनमा हामी बागमती प्रदेशबाट उदायौँ जहाँ हाम्रा ३ जना सभासदहरू छन्।

यो स्थानीय निर्वाचनमा हामी मधेश प्रदेशबाट उदाएका छौँ, जहाँ बाराको फेटा गाउँपालिका वडा नं ६ को वडाध्यक्षमा विवेकशील साझा पार्टीका मौलाना मिरहमजा ठकुराइ आफ्नो टिम सहित विजयी भएका छन्।सदस्यमा पार्टीकै कुदरत मिया अन्सारी, लालबाबु ठकुराई र कलिमा खातुन विजयी भएका हुन्। सबैलाई बधाई तथा शुभकामना’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
सबै वडामा टिम नै खडा गरेर लोकप्रिय नेतृत्व प्रदान गर्ने रूस्मतको उनले प्रशंशा गरेका छन् ।

  • ३ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech