बाँके\ दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै दोस्रो कार्यकालका लागि एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन्।
चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड) लाई ५ हजार ३ सय ६० मतले पछि पार्दै निर्वाचित भएका हुन्।
चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३ सय ६८ मत प्राप्त गरेका छन्। चौधरी २०७४ को निर्वाचनमा पनि काँग्रेका भुप बहादुर डाँगी हालका उपमेयरका उम्मेदवार लाई हराउदै विजय भएका थिए।
त्यसैगरी नगरउपप्रमुखमा पनि एमालेकै हुमा डिसी निर्वाचित भएकी छन। डिसीले गठबन्धनबाट काँग्रेसका नगरउपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै निर्वाचित भएकी हुन्।
डिसीले ३० हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३०३५४ मत प्राप्त गरेका थिए। एमालेले घोराहीमा प्रमुख उपप्रमुखसहित १३ वटा वडामाजित निकालेको छ।