बैजनाथ । बैजनाथ गाउँपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगण्ना जारी रहेको छ ।
हाल सम्म १७ हजार ९ सय ६५ मतगण्ना संख्यामा नेपाली काग्रेसका उम्मेदवार प्रकाश शाहीले नेकपा एमाले उम्मेदवार उम्मेदवार घननाथ खनाललाई ४ सय ९९ मतले अग्रता लिएका छन।
त्यसै गरी पालिका उपाध्यक्षमा समेत नेपाली काग्रेस उम्मेदवार निर्मला रोकायाले अग्रता लिइएकी छन ।
उनले एमाले उम्मेदवार प्रेमपूर्णा योगी लाई १ सय ७ मतले अग्रता लिइएकी छन। हाल सम्म बैजनाथ गाउँपालिका वडा न १ मा एमाले रुप बहादुर मल्ल वडा न २ मा राजु रुचाल वडा न ८ मा भगन थारु वडा न ७ मा दिनेश कुरमा थारुले विजयी भइसकेका छन। बैजनाथ निर्वाचन कार्यालयका अनुसार हाल बैजनाथ गाउँपालिका वडा न ६ र ३ को मतगणना भइरहेको जनाएको छ ।