बाँके (राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय राप्ती सोनारीले बिहीबार एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरेको हो ।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु लगायत ९ वटै वडाका वडाअध्यक्ष र वडासदस्यलाई प्रमाण पत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अधिकृत टोपेन्द्र केसीले आफुहरुले निर्वाचनलाई निश्पक्ष रुपले सम्पन्न गराउन सफल भएको बताए ।
जिल्लाका कुनैपनि स्थानीय तहको मत परिणाम सार्वजनिक नहुँदा राप्ती सोनारीले मतगणना सम्पन्न गरेको उनको भनाई छ । नव निर्वाचित अध्यक्ष पौडेललाई आगामी आइतबारसम्म सपथ ग्रहण गराउने तयारी गरिएको केसीले बताए । पौडेलले सपथ लिइसकेपछि उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यलाई सपथ गराइने निर्वाचन अधिकृत केसीले जानकारी दिए ।