१५ चैत्र २०८०, बिहीबार

नरैनापुरका अग्निपिडित परिवारलाई नेकपा एमालेको आर्थिक सहयोग
  • न्युज मानसराेवर

बाँके \बाँकेको नरैनापुर–४ मा नेकपा एमालेले चैत्र महिनामा लागेको आगलागीबाट पिडित परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेपालगञ्जको  अगुवा कार्यकर्ता भेटघाट तथा आम सभा कार्यक्रममा राहत दिने घोषणा गरेका   थिए ।  नरैनापुरका १६ जना आगलागि पिडित परिवारका लागि राहत घोषणा गरिएता पनि रकम  हस्तातरण भने गरिएको थिएन । स्थानिय तह सदस्य निर्वाचनमा होमिएका कारण  सहयोग रकम समयमा गर्न सकिएको थिएन।’  त्यसैले आज विहिबार नरैनापुरमा एक अनौपचारिक भेटघाटको अवसरमा सो रकम हस्तान्तरण गरेका हौँ।’ नेकपा एमाले के्न्द्रिय सदस्य सुर्य ढकालले भनेका छन।

ढकालले प्रति परिवार ९५ हजार ७ सय ५० रुपैंया  राहत रकम  हस्तान्तरण गरेका छन। बाँके ईन्चार्ज समेत रहेका ढकालले एमाले सत्तामा रहे पनि नरहे पनि जनताको सुखदुखमा भने संधै साथमा रहने बताएका छन।

उनले देशमा अलोकतान्त्रिक गठबन्धनले गरिब मारा निति लिएका कारण आर्थिक विपन्न परिवारले चरम अभावमा झेल्न बाध्य भएको समेत बताए ।  नेकपा एमाले बाँकेले यस अघिपनि प्रत्येक परिवारलाई ३–३ बण्डलका दरले जस्तापाता समेत वितरण गरेको थियो ।

राहत रकम हस्तान्तरण कार्यक्रममा  एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सेम शाक्य, रामकुमार दिक्षित, जिल्ला सल्लाहकार समितिका अध्यक्ष मदुसुदन शर्मा जिल्ला कमिटी सदस्य कुष्ण श्रेष्ठ, कृष्णा पाठक, बलराम भट्टराई बिक्रम यादव, सोहनलाल यादवलगायत स्थानिय नेता कार्यकर्ताको बाक्लो सहभागिता जनाएका थिए ।

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech