बैजनाथ ,रामपुर \ बैजनाथ गाउँपालिकाका पूर्व जनप्रतिनिधिहरुलाई विदाई गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुलाई बैजनाथ गाउँपालिका कर्मचारी प्रशासनले विदाई गरेको हो ।विदाई कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले समृद्ध बैजनाथ निमार्ण कार्यमा सबै जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले स्थानीय विकासमा पार्टीगत भन्दा पनि एउटा अभिभावकका रुपमा कार्यहरु संचालन गरेको बताए ।
उनले जनताका आधारभूत आवश्यकता हरु शिक्षा स्वास्थ्य स्वरोगारी पूर्वाधार निमार्ण लगाएतका क्षेत्रमा ५ वर्षे कार्यकाल महत्वपूर्ण भूमिका रहेको बताए । त्यसै गरी बैजनाथ गाउँपालिका पूर्व उपाध्यक्ष शारदा रेग्मी विकले सबैको साझा जनप्रतिनिधि भएर काम गर्ना पाउदा हर्षित तुल्याएको बताईन ।
कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले पूर्व जनप्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरे । उनले सहज र सबैको साझा बुझाई भएका कारण जनप्रतिनिधि र कर्मचारी विचको सम्बन्ध सुमधुर रहेको बताए । कार्यक्रममा पूर्व वडा अध्यक्ष कार्यापालिका सदस्य कर्मचारी लगाएको सहभागिता रहेको थियो ।