बैजनाथ। बैजनाथ गाउँपालिकामा नव निर्वाचित जनप्रतिनिधिहरको स्वागत सफथ तथा पदभार कार्यक्रम गरिएको छ ।
बैजनाथ गाउँपालिकाको कार्यालयको आयोजनामा निर्वाचित जनप्रतिनिधिहरुको सफथ, स्वागत तथा पदभार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा राजनितिक दलका प्रतिनिधि पूर्व गाउँपालिका अध्यक्ष उपाध्यक्ष जनप्रतिनिधिहरुको सहभागितामा रहेको थियो ।
बैजनाथ गाउँपालिका नव निर्वाचित अध्यक्ष प्रकाश बहादुर शाहीले उपाध्यक्ष निर्मला रोकाया, वडा अध्यक्ष, सदस्य लगायत जनप्रतिनिाधिहरुलाई सफथ ग्रहण गराएका थिए ।
त्यसै गरी नवनिर्वाचित जनप्रतिनिधि गाउँपालिका अध्यक्ष उपाध्यक्षले कार्यालयमा पदभार ग्रहण गरेका छन।
कार्यक्रममा बैजनाथ गाउँपालिका स्तरीय राजनितिक दलका प्रमुख प्रतिनिधिहरुले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन। भने पूर्व अध्यक्ष मान बहादुर रुचालले समृद्ध बैजनाथ निमार्णमा दोस्रो कार्याकाल महत्वपूर्ण रुपमा संचालन हुने विश्वास व्यक्त गरेका छन।
उनले सप्ता पक्ष र प्रतिपक्ष स्थानीय सरकारमा नहुने बताउदै समग्र बैजनाथको विकासमा सबैलाई सगै लैजान गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीलाई आग्रह गरे। कार्यक्रममा पूर्व उपाध्यक्ष शारदा रेग्मी विक उपाध्यक्ष निर्मला रोकाय लगाएत आ आफ्नो धारण राखेका थिए । भने बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले स्वागत मन्तव्य राखेका थिए ।
पदभार ग्रहण पश्चात बैजनाथ गाउँपालिका अध्यक्ष शाहीले नौवस्ता औद्यौगीक क्षेत्र व्यवस्थापन अव्यवस्थित भूमिहिन दलित सुकुमबासी बस्तिको व्यवस्थापन किसान सँग पालिका अध्यक्ष कार्यक्रम, वडा स्तरमा एम्बुलेन्स सेवा संचालन, विपन्न परिवारलाई मृत्यु संस्कार गर्नका लागि नगद ५ हजार गाउँपालिकामा २० दिन भित्र जन्म दर्ता गराए नगद २ हजार बैक खातामा बचत गर्ने जस्ता निर्णय गरेका छन ।