१५ असार २०८२, आईतवार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुको मसाल जुलुस
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध काठमाडौंका प्रदर्शन गरेको छ ।

संगठनले सोमबार काठमाडौैंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसअगाडि मसाल जुलुस प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकार विरुद्ध नारा लगाएका थिए ।

उनीहरूले सरकारले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

नेपाल आयल निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरेको थियो भने यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो ।

  • ९ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech