११ जेष्ठ २०८२, शनिबार

भुमाफियाले आफुलाई अतिरञ्जित गराएको भुसालको आरोप
  • न्युज मानसराेवर

कोहलपुर : नेकपा एमाले कोहलपुर नगर कमिटीका अध्यक्ष एबं मेयरका प्रत्यासि खिल प्रसाद भुसालले भुमाफियाको बिरुद्धमा लागेर सेन्टर प्लाजा नजिकको जमिन उनीहरुको चंगुलबाट फुत्काउन सफल भएपछि भुमाफियाले आफुलाई चुनाबी दौरानमा अतिरञ्जित गरी प्रचार प्रसार गरेको बताएका छन । सेन्टर प्लाजा नजिक रहेको करिब १२० कठ्ठा जग्गा भुमाफियाको अतिक्रमणबाट जोगाउन गरिएको प्रयासलाई सुकुम्बासिसंग जोडेर यस्ले सुकुम्बासिका घर टहरा भत्काउन डोजर पठाउछ भन्दै अति रञ्जित प्रचार गरेको भुसालले मंगलबार कोहलपुरमा पत्रकार सम्मेलनमा बताएका छन ।

भुमि ब्यबस्थापन बैज्ञानिक रुपमा हुनुपर्छ भन्ने आफनोमान्यता रहेको चर्चा गर्दै भुसालले सुकुम्बासिको नाममा भुमाफिया र हुकुमबासिको चलखेल भएकाले सबै सचेत रहनुपर्ने बताए । भुमि किनबेचमा कर छलिको समस्या रहेको जमिन खण्डिकरण रोक्न नसकिएको र नक्शा समेत बैज्ञानिकीकरण हुन नसकेको प्रति इंगित गर्दै भुसालले कोहलपुर कुरुप शाहरको रुपमा बिकास भइरहेको औंल्याएका छन । सामाजिक मान्यताहरु खण्डित भएका छन , स्थानिय सरकार दिगो विकास र रोजगारी श्रृजनामा पछि परेको छ तसर्थ नगरपालिका भित्र गरिने गलत एजेण्डा र गलत निर्णयमा राजनितीक रुपमा एमाललेले सर्मथन गर्न नसक्ने तर जिम्मेवार प्रतिपक्षको भुमिकामा रचनात्मक सहयोग गर्ने भुसालको कथन छ ।

भेगिय हिसाबले राजनिती गरिनु र उत्पत्तीका हिसाबले निर्बाचित हुने परीपाटि मौलाउदै गए सामाजिक न्याय र मानबअधिकारको समेत हनन भइ स्थानिय जनताले अपेक्षाकृत विकासमा फडको मार्न नसक्ने बताउदै नगर अध्यक्ष भुसालले आफुलाइ अमुल्य मत दिने तमाम जनसमुदायहरुलाई बाधाइ दिएका छन । हार जित लोकतन्त्रको सुन्दर पक्ष रहेको चर्चा गरेका भुसालले कोहलपुर अथाहा संभाबना भएको शाहर भएको तर यहा चुनौतीका पहाड समेत उत्तिकै रहेको बताए ।

कोहलपुरमा सुकुम्बासि समस्या निकै जटिल भएको अतिक्रमणले तिब्रता पाएकाले अब्यबस्थित बसोबासको ब्यबस्थापन गर्दै अतिक्रण भए हटाउने र बास्तबिक सुकुम्बासि भए पुर्नउत्थानको पहल गरिनुपर्ने आजको टडकारो भएको औंल्याए । कोहलपुर हरेक हिसाबले ट्रान्जिट प्वाइन्ट भएकाले औधोगिक क्षेत्र स्थापना , सिटिहल लगाएत अन्य आर्थिक गतिबिधिहरु हुने परीयोजना ल्याइ विकासमा भएको सुस्त गतिलाई द्रुत गराउनुपर्ने उन्को थप कथन थियो । साभार

  • १० जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech