११ जेष्ठ २०८२, शनिबार

काेहलपुरमा एमालेकाे समीक्षा बैठक सम्पन्न
  • न्युज मानसराेवर

काेहलपुर/काेहलपुर नेकपा एमालेले चुनावी समीक्षा गरेकाे छ । स्थानीय सदस्य निर्वाचनमा पराजय भाेगेकाे नेकपा एमालेले चुनावी समीक्षा गरेकाे हाे ।

समीक्षा बैठकमा जिल्ला कमिटी प्रदेश कमिटी नगर कमिटी वडा कमिटी बहुसंख्यक सदस्य हरूकाे भेला मार्फत समीक्षा गरिएकाे हाे ।

समीक्षा बैठकमा ५६ जनाले आ आफ्नो धारणा राखेकाे बताएएकाे छ ।

बैठकले अन्तर घात गर्नेहरूकाे प्रमाण सहित नगर कमिटीले जिल्ला कमिटीमा सिफारिस गरेकाे खण्डमा कार्वाही गरिने छ ।,नेकपा एमाले केन्द्रीय सदस्य सुर्य ढकालले बताएका छन । टाेल कमिटी वडा कमिटी र नगर कमिटीकाे बैठक गरिने बताईएकाे छ ।

एमाले श्राेतका अनुसार १२ गते वडा कमिटी र १४ गते नगर कमिटी बैठक बस्ने बताईएकाे छ ।

  • १० जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech