१२ जेष्ठ २०८२, आईतवार

चुनावमा विपक्षीलाई सहयोग गरेको भन्दै बर्दिया एमालेले गर्‍याे १८ नेतालाई कारबाही
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले बर्दियाले स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका नेताविरुद्ध लाग्ने १८ जना पार्टी कार्यकर्तालाई कारबाही गरेको छ ।

पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरी मतदातालाई दिग्भ्रमित गर्दै पार्टीको निर्णयविपरीत विपक्षी पार्टीलाई सघाएको आरोपमा १८ पार्टी कार्यकर्तालाई कारबाही गरिेएको सो पार्टीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

पार्टी जिल्ला सचिव पदम ढकालले कारबाही परेकामध्ये केही सदस्यलाई स्पष्टीकरण सोधिएको, केहीलाई निलम्बन गरिएको र केहीलाई पार्टीको साधरण सदस्य नरहने गरी कारबाही गरिएको जनाएका छन्।

र्दिया एमालेले बारबर्दिया, गुलरिया र बढैयातालमा पार्टीकै नेता कार्यकताहरुको यस्तो गतिविधिले एमालेका उम्मेदार पराजित भएको निष्कर्ष निकालेको छ ।

पार्टीको कारबाहीमा पर्नेमा अधिकांश बारबर्दिया र गुलरियाका एमालेका नेता र कार्यकर्ता छन् । बढैयाताल गाउँपालिकाको हकमा कारबाही प्रक्रिया चाँडै गरिने सचिव ढकालले जनाएका छन्।

उनका अनुसार गुलरिया नगरका सहइन्चार्ज रामबहादुर रावललाई पार्टीको साधरण सदस्य नरहने गरी निस्कासन गरिएको छ । उनी ०७४ को स्थानीय निर्वाचनमा गुलरिया—४ बाट वडाध्यक्ष भएका थिए । यसैगरी नगरइन्चार्ज धनेश कुमार यादवलाई सचिवालय सदस्य र नगर इन्चार्जबाट मुक्त गरिनुका साथै जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ भने नगर उपाध्यक्ष पुष्पा वली, जिल्ला कमिटी सदस्य हिराबहादुर बिसी, जीवन पन्थी, पुनकला श्रीवास्तवलाई विभागीय जिम्मेवारीबाट मुक्त गरिएको छ ।

जिल्ला कमिटीका सल्लाहकार शंकर घिमिरे लगायतलाई पदबाट मुक्त गरी स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । पार्टीका जिल्लास्तरीय नेताले अन्तरघात भएकाले चुनावमा पराजित हुनु परेको दाबी गर्दै आएका छन् ।गुलरिया, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा यसपटकको स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेदार पराजित भएको छन् ।

  • ११ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech