२७ असार २०८२, शुक्रबार

कोहलपुरमा ट्रकले अटोलाई ठक्कर दिदाँ अटो चालकको मृत्यु
  • न्युज मानसराेवर

कोहलपुर (बाँके) :  बाँकेको कोहलपुर पिपलचौतारा नजिकै भारतीय ट्रकले अटोलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । तीव्र गतीमा रहेको यूपी ३२ डीएन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका कोहलपुर–१३ का अटो चालक २९ वर्षिय रामसेवक थारुको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • ११ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech