१३ बैशाख २०८१, बिहीबार

दैलेखमा बस दुर्घटना, ४ जनाको मृत्यु
  • न्युज मानसराेवर

सुर्खेत\दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

बुधबार साँझ जिल्लाको आठबीस नगरपालिका –३ स्थित सिस्ने भन्ने ठाउँमा  बस दुर्घटना भएको हो ।

बस सडकबाट करिब ५० मिटर तल खसेर कर्णाली नदीमा पुगेको हो ।

दैलेखका प्रहरी प्रमुख भुवनेश्वर कुमार शाहले दुर्घटनामा ४ जनाको मृत्यु भएको पुष्टि गरे ।

उनले घाइतेहरूलाई उद्दार गरेर स्थानीय अस्पतालमा पठाइएको जानकारी दिए ।

म १ ख ६६० नम्बरको बस तीव्र गतिका कारण दुर्घटनामा परेको बताइएको छ । बस मुगुबाट सुर्खेततर्फ आउँदै गरेको बताइएको छ ।

  • ११ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech