१२ बैशाख २०८१, बुधबार

मुस्कान सहितकाे सेवा विस्तार गराैं: अध्यक्ष शाही
  • न्युज मानसराेवर

बैजनाथ / बैजनाथ गाउँपालिका कर्मचारी र जनप्रतिनिधि विच परिचयात्मक कार्यक्रम गरिएकाे छ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन पछि निर्वाचित जनप्रतिनिधि र कर्मचारी विच परिचयात्मक कार्यक्रम गरिएकाे हाे ।बैजनाथ गाउँपालिका मा आवद्व विभिन्न शाखा प्रमुख प्रतिनिधि निर्वाचित गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला राेकाया प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी लगाएकाे सहभागीता रहेकाे बैजनाथ गाउँपालिका सुचना अधिकारी तप्तराज आचार्यले जानकारी गराएका छन ।

कार्यक्रममा निर्वाचित अध्यक्ष प्रकाश बहादुर शाहीले जनताकाे कामहरू सहज र छिटाे छरिताे गर्नाका लागि कर्मचारीहरूलाई आग्रह गरेका थिए ।

उनले मुस्कान सहितकाे सेवा विस्तारमा कर्मचारीले जाेड दिनुपर्ने बताए ।
त्यसै गरि प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले कर्मचारी र जनप्रतिनिधि विचकाे सम्बन्ध सकारात्मक हुदाँ कुनै पनि कामहरु सहज रूपमा कार्य सम्पन्न गर्न सजिलो हुने   बताएका छन।

  • १२ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech