१५ चैत्र २०८०, बिहीबार

निजगढमा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालत बाधक, सरकारी निर्णय बदर
  • न्युज मानसराेवर

बाँके\बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।

विमानस्थल निर्माण गर्दा वातावरणीय क्षति धेरै हुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासमेत र रञ्जुहजुर पाँडेसमेतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

सोहि रिटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय उत्प्रेषणको आदेशले बदर गरिदिएको हो । ।

वातावरण संरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरुले दायर गरेको रिटमा सुनुवाइ गर्दै बिहीवार सर्वोच्चको बृहत पूर्ण इजलासले अन्तरराष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन,कानून र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको हो ।

  • १२ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech