८ बैशाख २०८१, शनिबार

सवारी दुर्घटनामा चार जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन्। बर्दिया, गुलरिया नगरपालिका-११ डल्लापुरस्थित सडकमा मैनापोखरबाट गुलरियातर्फ जाँदै गरेको बा१ञ १९०३ नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका-११ बस्ने संजय यादवको छोरा ५ वर्षीय लवकुश यादवको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

दाङ, घोराही उपमहानगरपालिका-१० गुर्जेस्थित सडकमा रा१क ४७३ नम्बरको मिनी ट्रकले रा५प १५३ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१८ बस्ने २४ वर्षीय भाग कुमार पुनको मृत्यु भएको छ।

मिनी ट्रकले ठक्कर दिँदा उक्त मोटरसाइकल रा१क १०१९ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका पुनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्सा, पर्सागढी नगरपालिका-४ भेडिया खोलास्थित सडकमा ना६त १७५९ नम्बरको ट्याक्टर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ११ वर्षीय सफराज देवानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर  चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी(पूर्व), हुप्सेकोट गाउँपालिका-६ जवडाँडास्थित भित्री सडकमा लु१ज २२७२ नम्बरको बलेरो जिपको ठक्करबाट सोही ठाउँ बस्ने २६ वर्षीय महेन्द्र ढेँगा मगरको शुक्रबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • १३ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech