बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ को कार्यालयम सेवाग्राहीले तालाबन्दी गरेका छन्। वडाध्यक्ष फर्सुराम गिरी कसैलाई पनि कार्यबाहकको जिम्मेवारी नदिइ वडामा अनुपस्थित भएकाले सेवाग्राही मर्कामा परेको भन्दै सेवाग्राहीले तालाबन्दी गरेका हुन्।
वडाअध्यक्ष अनुपस्थित हुँदा सेवाग्राहीको काम प्रभावित भएपछि आफूहरुले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले बताए।
एमालेबाट निर्वाचित वडाध्यक्ष गिरी पार्टीले आयोजना गरेका सबै जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी भएकाले कार्यालय जान नपाएको एमाले नेता दिनेश फुल्लेलले बताए। उनले वडाध्यक्षले कार्यालय समयभन्दा अन्य समयमा पनि सेवा दिए पनि केही राजनीतिक पूर्वाग्रहबाट तालाबन्दी गरिएको बताए।










