बाँके\तारा एयरको दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव काठमाडौं ल्याइएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी विदुर खडकाका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत् २२ वटै शव मंगलबार दिउँसो काठमाडौं ल्याइएको हो।
सबै शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभाग लगिएको छ। विभागका प्रमुख डाक्टर तुलसी कँडेलले सबै शवको पोस्टमार्टम पर्सिसम्ममा सकिने बताएका छन्।
बिहीबार साझसम्म आफन्तहरुलाई शव बुझाउने उनको भनाइ छ। सोमबार आएको १० शवको पोस्टमार्टम भइरहेको छ भने मंगलबार आएको १२ शबको पोस्टमार्टम बुधबार सुरु गरिने उनले बताए।