बाँके\ नेकपा एमालेले बाँके क्षेत्र न १ को पूर्ण बैठक सम्पन्न गरेको छ ।
बाँके जिल्लामा स्थानीय तह सदस्य निर्वाचनमा हार व्यहोरेको एमालेले पछिल्लो समय वडा , पालिका, नगर, क्षेत्र हुदै जिल्ला बैठक गर्ने निर्णय गरेअनुसार नेकपा एमालेले जिल्ला स्तरका ८१ वटा वडा आठ वटै स्थानीय तह कमिटी क्षेत्रिय कमिटी बैठकहरु आयोजना गरेको छ । पार्टीको आगामी रणनिति तथा निर्वाचनको समिक्षा बारे बृह्त छलफल गरिरहेको छ ।
आज नेकपा एमालले बाँके क्षेत्र न १ को क्षेत्रिय कार्य समितिले निर्वाचनको समिक्षा तथा आगामी रणनिति बारे छलफल गरेको हो । बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकाल ,नेता देवराज भार लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
स्थानीय तह सदस्य निर्वाचनमा गरिएको घात बारे अध्ययन गर्ने सम्बन्धीत पालिका नगर बाट क्षेत्र हुदै जिल्लामा तथ्थ सहित उपलब्ध गराएको खण्डमा निर्वाचनमा घात गर्नेहरुलाई कार्वाही गर्ने जस्ता निर्णय गरिएको बताइएको छ ।
यसै गरी क्षेत्र न १ मा नेकपा एमालेका भातृय संगठन तथा जनबर्गिय संगठनहरु चलाएमान गर्ने जस्ता निर्णय गरिएको बताइएको छ ।