१९ आश्विन २०७९, बुधबार

मौसममा बदली, वर्षा होला की नहोला ?
  • न्युज मानसराेवर

बाँके\मौसम विभागका अनुसार, हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली भई प्रदेश १ को एक वा दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ । मुलुकका बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

हाल नेपालमा स्थानीय वायु र भारतको  उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको विभागको भनाइ छ । आज दिउँसो र राति  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रहि देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

यस्तै प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ  र  हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

  • २० जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech