१० मंसिर २०७९, शनिबार

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
  • न्युज मानसराेवर

नेपालगञ्ज : लागुऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–४ का ३३ वर्षीय रामचरण थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

थारुलाई बाँके जिल्ला अदालतले २०७८ भदौ २२ गते एक वर्ष १० महिना १६ दिन कैदको फैसला गरेको थियो । उनीलाई घरमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसला लगत्तै थारु फरार भएका थिए ।

पक्राउ परेका थारुलाई आवश्यक कारबाही लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • २१ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech