८ बैशाख २०८१, शनिबार

नवनिर्वाचित जनप्रतिनिधी काँग्रेस बाँकेद्वारा सम्मानित
  • न्युज मानसराेवर

बाँके\नेपाली काँग्रेस बाँकेले पार्टीबाट उम्मेदवार भइ निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । जिल्ला समन्वय समितिमा आइतवार एक कार्यक्रमको आयोजनागरी पार्टीवाट उम्मेदवार बनेका जनप्रतिनिधिलाई बधाईसँगै सम्मान गरिएको हो ।

पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्व तथा पार्टीका केन्द्रीय सदस्य सञ्जय गौतमको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्ने सहभागी काँग्रेस नेताहरुले पार्टीबाट टिकट लिएर निर्वाचित भएका जनप्रतिनिधिलाई पार्टीसँग समन्वय र सहकार्य गरेर अघि बढ्न निर्देशन दिएका थिए ।

चुनाव जिते भन्दैमा दम्भ र अहंकार पाल्न नहुने भन्दै नेताहरुले पार्टीको निर्देशन, नीति, विचार र सिद्धान्तलाई समेत हेक्का राखेर जनप्रतिनिधिलाई जनताको सेवक बनेर काम गर्न निर्देशन दिएका थिए । त्यसक्रममा जनप्रतिनिधिहरुले पनि आफुहरु पार्टीको निर्देशन र सुझावका आधारमा कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए ।

जनप्रतिनिधिहरुले जनताको भावनाको कदर गर्दै जनमुखि काम गर्ने विश्वास दिलाएका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य गौतम, मैकुलाल बाल्मिकी, काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुन, सहमहामन्त्री निमा गिरी, पूर्वमन्त्री गजेन्द्र हमाल, पूर्वपार्टी सभापति कृष्णमान श्रेष्ठ, किरण कोइराला, क्षेत्रीय सभापतिहरु पोषण केसी, रमेश गुप्ता, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीलगायतले धारणा राखेका थिए ।

  • २२ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech