१५ चैत्र २०८०, बिहीबार

बाँकेका अस्पतालमा झाडापखालाका विरामी बढ्दै
  • न्युज मानसराेवर

बाँके\गर्मी बढेर अन्य रोगका बिरामी देखिए पनि यसवर्ष भेरी अस्पताल नेपालगञ्जमा ज्वरोका बिरामी देखिएका छैनन् । पहिले ज्वरोका बिरामी धेरै अस्पताल आउँथे तर यसवर्ष ज्वरोका बिरामी आएका छैनन् ।

भेरी अस्पतालका सूचना अधिकारी डाक्टर संकेत रिसालले कोभिड खोपका कारण पनि त्यस्तो भएको हुनसक्ने उल्लेख गर्दै झाडापखालाका बिरामी अस्पतालमा बढी भएको जानकारी दिए । अस्पतालमा प्रतिदिन १०० देखि १५० जनासम्म विभिन्न रोगका बिरामी आउने गरेका छन् ।

बालबालिकादेखि वृद्धसम्म झाडापखाला, दम, टाउको दुख्ने लगायतका बिरामीले अस्पताल भरिभराउ भएको डाक्टर रिसालले बताए । उनले सर्पदंशका बिरामी पनि यसवर्ष कम भएको उल्लेख गर्दै वृद्धमा दमको समस्या बढी भएकाले उपचारका लागि आउने गरेको बताए ।

भेरी अस्पतालबाहेक यहाँका नेपालगञ्ज मेडिकल कलेज, रामजानकी अस्पताल, वेष्र्टन अस्पताललगायतमा झाडापखाला, दम, टाउको दुखेका बिरामी देखिएका छन् ।

चिकित्सकहरुले गर्मीयाममा दिउँसो जथाभावी बाहिर नहिँड्न, हिँड्नै परे शरीर छोपिने कपडा लगाउन र पर्याप्त मात्रामा शुद्ध तथा सफा पानी पिउन, आँखालाई संरक्षण हुने चश्मा प्रयोग गर्न सुझाव दिएका छन् ।

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech