१३ बैशाख २०८१, बिहीबार

आज प्रतिनिधिसभा बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके\प्रतिनिधि सभाको बैठक आज मंगलवार समेत बस्दैछ ।सोमवारको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तर्गत ४ मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको छ ।

सोमवारको बैठकमा कानून, न्याय ताथ संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

मंगलवार बिहान साढे ११ बजे बस्ने अर्काे बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने बताइएको छ ।

  • २४ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech