२८ असार २०८२, शनिबार

नापी कार्यालय बाँकेमा आगलागी, महत्वपूर्ण सामग्री जलेर नष्ट
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्जस्थित नापी कार्यालयमा आगलागी हुँदा महत्वपूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

शनिवार बेलुका करिब ७ बजेतिर भएको आगलागीबाट कार्यालयका कम्प्युटर, फर्निचर लगायत महत्वपूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार हावाहुरी चलेका बेला एक्कासी बिद्युत सर्ट हुँदा आगलागी भएको हो ।

आगलागी लगत्तै पुगेको दमकल, सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

  • २९ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech