१३ जेष्ठ २०८२, सोमबार

लुम्बिनीकी राज्यमन्त्री वली कुटपिट गरेको आरोपमा पक्राउ
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की मीना भण्डारीमाथि हातपात गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तुलसीपुर उपमहानगरपालिका-५, बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेको बताइएको छ । मन्त्री वलीले हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए ।

दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले मन्त्री वलीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको लोकान्तरलाई जानकारी दिए । ‘महिलासँग झगडा गरेपछि स्थानीय नियन्त्रणमा लिएका रहेछन् । हामीलाई खबर गरेपछि प्रहरी पुगेर उहाँलाई पक्राउ गरिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको छ,’ एसपी काफ्लेले लोकान्तरसँग भने ।गत वर्ष एकराज बस्नेतसँग मन्त्री वलीले चुम्बन गरेको तस्वीर सार्वजनिक भएको थियो । यद्यपि सो तस्वीर फोटोसप गरिएको भन्दै उनले खण्डन गरेकी थिइन् ।

  • ३१ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech