६ पुष २०८१, शनिबार

बागेश्वरी क्याम्पसमा विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र
  • न्युज मानसराेवर

बाँके\कोहलपुरमा रहेको बागेश्वरी क्याम्पसमा १० बुँदे मागसहितको ज्ञापन पत्र विद्यार्थी संगठनहरुले बुझाएका छन् । मंगलबार संयुक्त रुपमा ज्ञापन पत्र तयार परि नेवि संघका बागेश्वरी क्यापसका सभापति राम पण्डे र अखिल क्रान्तिकारीका बागेश्वरी क्यापसका कमिति अध्यक्ष दिपेन्द्र शाहीले १० बुँदे मागसहितको ज्ञापन पत्र क्याम्पस प्रमुख दान बहादुर हमाललाई बुझाएका हुन् ।

छात्राको शौचालयमा सेनिटेरी प्याडको व्यवस्था, पुस्तकालयको व्यवस्था, स्नातकोत्तर तहको कक्षा संचालनको समयमा पुस्तकालय खुल्ला हुनुुपर्ने, छात्रवृत्तिको सुचना, अन्तवार्ता र नतिजा समयमा प्रकाशन गर्नुपर्ने, क्याम्पसका सम्पुर्ण सुचना काक्षकोठामै जानकारी गराउनु पर्ने, हरेक विषयको अलग अलग प्राध्यपकको व्यवस्था गुर्नपर्ने लगायतका मागहरु विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै स्ववियु निर्वाचनको वातावरण सृजना गर्नुपर्ने, कक्षाकोठामा भएका भौतिक सामाग्रीको यथाशिघ्र मर्मत गुर्नपर्ने, विषयवस्तु पुरा भएपनि अध्यपनको समय अवधिभरी अध्ययन गराउनुपर्ने लगायतका मागहरु विद्यार्थी संगठनले माग गरेको छ ।

यद्यपी माथि उल्लेखित मागहरु २४ घण्टामा सम्बोधन नभए अन्दोलनका कार्यक्रम अगाडी बढाउने र अन्दोलनबाट हुने क्षतिको सम्पुर्ण जिम्मा क्याम्पस प्रशासनलाई नै व्यर्होनुपर्ने विद्यार्थी संगठनले जनाएको छ ।

  • ३१ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech