बाँके\ नक्कली नोट छाप्ने मेसिनसहित कैलाली प्रहरीले धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय रामदास राना र अनुराग राना रहेका छन्।
नक्कली नोट छाप्ने मेसिनसहित उनीहरूलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ। उनीहरूको साथबाट नक्कली १ हजारका २ नोट र अन्य नोट पनि बरामद गरिएको छ। उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।