१४ जेष्ठ २०८२, मंगलवार

बैजनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरियो
  • न्युज मानसराेवर

बैजनाथ\ बाँकेको बैजनाथ गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ ।आज एक कार्यक्रमको आयोजना गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरेका हुन।

कार्यक्रमको   बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले जनताका आधारभूत आवश्यकता शिक्षा स्वास्थ्य र आर्थिक रुपान्तरण र दिगो विकास लक्ष्य प्राप्त गर्नाका लागि लागी सबैको सहयोग आवश्यक रहेको बताएका छन।

उनले समृद्ध बैजनाथ गाउँपालिका निमार्ण गर्नु नै स्थानीय सरकारको प्रमुख भूमिका रहने उल्लेख गरेका छन। कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति उप प्रमुख सिता कार्कीले बैजनाथ गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै स्थानीय सरकारले पुर्ण खोप सुनिश्चिता लाई निरन्तरता दिन आवश्यक रहेको बताइन।

उनले स्थानीय सरकार सँग जिल्ला समन्वय समितिले आगामी दिनमा समन्वय र सहकार्य गर्दै समृद्ध बाँके जिल्ला निमार्णमा जिल्ला समन्वय समितिको सधै साथ र सहयोग हुने बताईन।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद खत्रीले  शिक्षा र स्वास्थले नै देशको रुपान्तरण गर्ने हुँदा सर्व प्रथम स्वास्थ्य र शिक्षा क्षेत्रलाई स्थानीय तह सरकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने धारणा राखेका थिए ।

त्यसै गरी कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले स्वास्थ्य क्षेत्रको विकास गर्नाका लागि स्थानीय सरकारले कुनै पनि कम्जोरी नगर्ने बताईन। उनले स्वास्थ्य क्षेत्रको सुधार गर्नु पर्ने विषयहरु महिला स्वास्थ्य कर्मीहरुले सुझाव समेत दिन आग्रह गरिन।

त्यसै गरी बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले निर्वतमान सरकारले पूर्ण खोप घोषणा गरेको र हाल त्यसलाई आज सुनिश्चिता गरिएको छ । यो आफैमा सकारात्मक हो ‘। ऐडीले भने ।’

उनले महिला स्वास्थ्य स्वयंम सेविकाहरुको योगदानको सधै स्थानीय सरकारले उच्च मुल्याकन गरेको बताउदै स्वास्थ्य सुधारका क्षेत्रमा तपाईहरुको (महिला स्वास्थ्य स्वयंम सेविका) हरुको योगदान रहेको उल्लेख गरेका छन।

कार्यक्रमको प्रमृुख अथिति विशिष्ट अथिति ,अथितिहरुलाई  गाउँपालिकाको तर्फ बाट गाउँपालिका अध्यक्ष लगाएतले मायाको चिनु   प्रदान गरेका थिए ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंम सेविका ,स्वास्थ शाखा प्रमुख, कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख लक्षमण राज शाहीले गाउँपालिकामा स्वास्थ्य क्षेत्रको अवस्था बारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख लक्षमण राज शाहीले गाउँपालिकामा स्वास्थ्य क्षेत्रको अवस्था बारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसै गरी बैजनाथ गाउँपालिका सुचना अधिकारी तप्तराज आचार्यले कार्यक्रमको संचालन गरेका थिए ।

त्यसै गरी स्वास्थ्य शाखा उप संयोजक लक्ष्मी रोकायाले स्वागत मतव्य तथा कार्यक्रमको व्यवस्थापन गरेकी थिइन।

कार्यक्रममा ६४ बर्ष महिला स्वास्थ्य स्वयम सेविको भूमिका निर्वाह गरेकी कमला बिक लाई संघिय सरकार बाट प्राप्त २० प्रतिशत रकममा बैजनाथ गाउँपालिकाले थप ८० प्रतिशत रकम थप गरी एक लाखको चेक सहित दोसल्ला लगाई विदाई सम्मान समेत गरिएको छ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँके प्रमुख  बैजनाथ गाउँपालिका विभिन्न शाखाका प्रमुख प्रतिनिधि पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

  • २ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech