१४ जेष्ठ २०८२, मंगलवार

भेरी नदीमा जीप खस्यो, दुई जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ। राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो।

दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ। चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको ज्यान गएको प्रहरीको भनाइ छ।

जीप अनियन्त्रित भएर भेरी नदीमा खसेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

  • ५ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech