बाँके\होस्टलमा बस्दै आएकी एक युवती मृतावस्थामा फेला परेकी छन् ।
रोल्पाको रून्टीगढी गाउँपालिका वडा नम्बर ५ स्थित छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेकी हुन् ।
कृष्णी घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको ब्युटीपार्लर तालीम लिइरहेकी थिइन् भने सोही प्रयोजनका लागि तालीम लिने कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले युवतीको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताए ।
उनका अनुसार कोठामा सर्प भेटिएको र हातमा डसेजस्तो देखिएको बताए । शव पोस्टमर्टमका लागि अस्पताल पठाइएको छ ।