बाँके\ लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
१०ः ४५ बजेको समयमा कोठामा खाटमै सुतेको अवस्थामा उनलाई मृत भेटिएको हो । गायिका दिलमायाले शुक्रबार राति आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेकी थिइन् । स्टाटस लेखेको भोलिपल्ट उनी मृत अवस्थामा भेटिएकी हुन् ।
घटनाबारे अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ । केही गीतहरूमा स्वर दिएकी दिलमाया विशेष त लाइभ दोहोरी गायनमा बढी सक्रिय थिइन् । लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरुले गायिका दिलमायाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।