७ बैशाख २०८१, शुक्रबार

बैजनाथमा १९ हजार डाले तथा भुईं घाँस लगाइयो
  • न्युज मानसराेवर

बाँके\ बैजनाथ ४ स्थित बाजुरेली बस्तिमा विभिन्न प्रजातिका घाँस लगाईएको छ ।


बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित साना किसान उद्यमी सुढृढिकरण परियोजना अन्तरगत बस्तिमा ५ हजार २ सय विरूवा घाँस लगाईएको हो ।

गाउँपालिकाको लगानीमा हेफर मोडेल मार्फत विगत ३ वर्ष देखि ४३ सय १ परिवारमा पशु बस्तुको उत्पादन उत्पादकत्व र बजारीकरण गर्दै आईरहेको छ ।

लगाईएका घाँस मध्य सुपर नेपेर ,स्मार्ट नेपेर ईन्दु भटमासे ,सिटलेस किमु मेन्धुला गरि कूल १९ हजार डाले घाँस तथा भुई घाँस लगाईको परियोजना संयोजक रामकृष्ण छिनालले जानकारी गराएका छन ।घाँस बैजनाथ गाउँपालिका  वडा न  १ र वडा न  ४ का दुई सय घर परिवारमा उक्त घाँस लगाईएको छ । क्रमिक रूपमा अन्य वडामा समेत लगाईने योजना छ छिनालले भनेका छन। उनका अनुसार अझै ४० हजार भुई घाँस तथा डाले घाँस लगाईने जानकारी गराएका छन ।बाख्राको लागि आवश्यक डाले तथा भुईं घाँस परियोजना अन्तगर्त उपलब्ध गराइएको हो ।

पछिल्लो समय बैजनाथमा बाख्रा पटक क्षेत्रका रुपमा आफ्नो पैचान बनाउँ क्रियाशिल बन्दै गइरहेको छ । परियोजनामा आवद्ध महिलाहरुको सहकारी समेत स्थापना गरिएको छ । परियोजनामा आवद्ध साना किसान मार्फत आर्थिक वर्ष २०७८ ।०७९ मा ५० लाखको खसी तथा बाख्रा बजारीकरण गर्न सफल भएका छौ। ँ बैजनाथ सामाजिक उद्यमी महिला सहकारी व्यवस्थापक रिता बुढाले भनिन।

  • १३ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech