१६ चैत्र २०८०, शुक्रबार

राप्रपाद्वारा कृषि ज्ञान केन्द्र बाँकेमा तालाबन्दी
  • न्युज मानसराेवर

बाँके\राप्रपा बाँकेले जिल्ला कृषि ज्ञान केन्द्र नेपालगञ्जमा ताला लगाएको छ । किसानलाई मल, बिउ उपलब्ध गराउनु पर्ने, गतवर्ष आएको बेमौसमी बाढीले पुर्याएको धानबालीको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर राप्रपाले कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेको हो ।

राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, इन्दिरा शाही, सलाउद्दिन जसगढलगायतका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेका हुन् ।

मल, बिउ उपलब्ध गराउनुपर्ने, गतवर्ष धानबालीमा भएको क्षतिको राहत दिनुपर्नेलगायतका माग राखेर एमाले, बाँकेले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो ।

  • १३ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech