८ बैशाख २०८२, सोमबार

राप्तिसोनारीका विद्यार्थी माझ लक्ष्मी लघुवित्तले गर्यो साक्षरता कार्यक्रमको आयोजना
  • न्युज मानसराेवर

बाँके । लक्ष्मी लघुवित्तले राप्तिसोनारीका विद्यार्थी बिच साक्षरता कार्यक्रम गरेको छ्म श्री नेपाल राष्ट्रिय माध्यामिक लक्ष्मी विधालय राप्ती सोनारी ५ चिलहरिया बाँकेमा अध्यनरत विद्यार्थिहरुका लागि एक दिने वित्तिय साक्षरता कार्यक्रम सम्पन मङ्गलबार सम्पन्न गरेको हो ।

डुडुवा गाउपालिका वडा नम्वर ५ मा अवस्थित लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनिको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तिय सस्थाले कार्यक्रम सन्चालन गरेको थियो । कार्यक्रममा विद्यालयका कक्षा १० मा अध्यनरत ६० जना विद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाइ कर्जा , वचत , रेमिट्यान्स , मोबाइल ब्याङ्किङ लगायत बैंक तथा वित्तिय सस्थाले मानव जीवनमा खेलेको प्रत्यक्ष भुमिकाका बारेमा शाखा प्रमुख भागिरथी चौधरिले प्रकाश पारेका थिए।

  • १४ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech