८ बैशाख २०८१, शनिबार

चट्याङ लागेर बाँकेमा एक बालकको मृत्यु, एक घाइते
  • न्युज मानसराेवर

बाँके\बाँकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ नारायणपुरका नरेश थारुका ६ बर्षीय छोरा अभिषेक थारुको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

मंगलबार नजिकैको जंगलमा बाख्रा चराउन गएका अभिषेक बेलुका ६ बजेतिर चट्याङ लागेर गम्भीर घाइते भएका थिए । भेरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यस्तै अभिषेकसँगै रहेका सोही ठाउँका २२ बर्षीय युवक ईश्वरी ओली पनि चट्याङ लागेर घाइते भएका छन् । ओलीको राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।

  • १५ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech