६ बैशाख २०८१, बिहीबार

‘कृषक सँग पालिका अध्यक्ष कार्यक्रम संचालन हुन्छ’ अध्यक्षः शाही
  • आर.के. छिनाल

बाँके\बैजनाथ गाउँपालिका वडा नं ४  स्थित डाँफे महिला समूहले धान वालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने  मूल नारा सहित १९ औं धान दिवस मनाएका छन।

प्रत्येक वर्ष झैं असार १५ गते मनाइने धान दिवस तथा दही चिउरा खाने पर्व यस वर्ष पनि बैजनाथ गाउँपालि वडा नं ४ को अर्पेन टोल स्थित डाँफे महिला समूहको आयोजनामा धान दिवस मनाइएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथ गाउपालिकामा ७० प्रतिशत भन्दा धेरै घरधुरीहरु कृषिमा आत्म निर्भर रहेकाले वास्तविक किसानहरुका लागि अध्यक्ष संग किसान कार्यक्रम आगामी आर्थिक वर्ष बाट बैजनाथ गाउँपालिकामा संचालन हुने बताएका छन। समुहको  सामुहिक  धान रोपाई कार्यक्रममा सहभागिता जनाउदै गाउँपालिका अध्यक्ष शाही उक्त कुरा बताएका हुन।

हेफर मोडेलमा संचालित समूहमा आधारशिलाको माध्यमबाट शशक्तिकरण,नेतृत्व विकास, उत्पादन, आय आर्जन संग संवन्धित कार्यहरु समूह स्तरमा हुदैं आएकाले आगामी दिनमा कार्यक्रम संचालित समूहहरुलाई समेटेर कार्यक्रम गर्न सकिने  शहीले भनेका छन। कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिक उपाध्यक्षले समूहमा आवद्ध दिदी बहिनीहरुलाई आर्थिक समृद्धिका लागि व्यवसायिक उन्मुख खेती गर्न समेत अनुरोध गरेकी छन।

त्यसै गरी कार्यक्रममा वडा नं ४का वडा अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक प्रेम बहादुर शाहीले समूहमा आवद्ध महिला दिदीबहिनीहरुले राम्रो कार्य गरेकोमा खुशी व्यक्त गरेका छन। आगामी दिनमा यसै गरि कार्य गर्न सुझाव दिदै वडा नं ४ सदैव यहाँहरुको साथमा रहेको वडा अध्यक्ष शाहीले  भने ।

त्यसै गरी कार्यक्रममा बौल्दै कृषि सेवा शाखा का प्रमुख प्रमोद कुमार विले सरकारले लिएको लक्ष्यलाई पुरा गर्न सम्पूर्ण बैजानथका आम नागरिकहरुलाई कुनै पनि खेत बाँझो नराख्न अपिल गरे । आगामी वर्षवाट कृषले स्थानिय स्तरमा उत्पादन गरेका कृषि उपज वस्तुको बजारीकरणका लागि वडा नं ३ मा बजारीकरण हाट बजारको व्यवस्था हुने शाखा प्रमुख विश्वकर्माले कार्यक्रममा भनेका छन।

कार्यक्रममा हाल सम्म डाँफे महिला समूहस्तरबाट उपहार प्रदान, सहकारीमा अवद्धता, बैजानथ सामाजिक उद्यमी महिला सहकारीको सहकार्यवाट व्यवसायी संचालन भइ रहेको समूहकी अध्यक्ष यसोदा भारती थापाले जानकारी गराएकी थिइन ।

थापाले परियोजनाले समाजमा ल्याएको परिवर्तन र महिला शशक्तिकरण सँगै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताइन।

डाँफे महिला समूहकी सचिव पार्वती थारुले कार्यक्रमको संचालन गरेकी थिइन।

कार्यक्रममा गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष लगाएतले समुहमा सामुहिक धान रोपाई गरेका थिए ।

 

  • १५ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech