२८ असार २०८२, शनिबार

आरोपितलाई पक्राउ नगरेको भन्दै ५ दलले बन्द गराए यातायात
  • न्युज मानसराेवर

बाँके \नेकपा एमाले सहितका ५ राजनीतिक दलले आज  आइतवार अछाममा सवारीसाधन बन्द गराएका छन् ।  अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ नगरेको विरोधमा उनीहरूले जिल्लाभर सवारीसाधन बन्द गराएका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै आइतवार र सोमवार २ दिन सवारीसाधन बन्दको घोषणा गरेका छन्  ।संयुक्त विज्ञप्तिमा भनिएको छ,’शक्ति र सत्ताको आडमा दोषीले उन्मुक्ती नपाओस् भनेर असार १९ र २० गते सार्वजनिक सवारी साधन पूर्ण रुपमा बन्द गर्न बाध्य भएका छौं ।’ यस अघि न्यायका लागि विभिन्न जिल्लामा पत्रकार सम्मेलन समेत गरिएको थियो ।

  • १९ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech