२८ असार २०८२, शनिबार

राप्ती सोनारीमा आर्थिक र विनियोजन विधेयक २०७९ सर्बसम्मत पारित
  • न्युज मानसराेवर

बाँके\ राप्ती सोनारी गाउँपालिकाको ११ औं गाउँसभा अन्तर्गत मंगलबार (आज) तेस्रो बैठक बसिरहेको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको सभाध्यक्षतामा बसेको बैठकमा आर्थिक विधेयक र विनियोजन विधेयक २०७९ सर्बसम्मत रुपमा पारित भएको छ ।
उक्त सभामा सभाका सदस्य एवम वडाअध्यक्ष मिनराज खड्का, लवराज खरेल, सोहनलाल थारु तथा सभाका सदस्य एवम वडा सदस्य भरत बुढाथोकी लगायतले आफ्ना धारणा राखेका  थिए ।

सभाले उपाध्यक्ष मनिसासिंह थारुको संयोजकत्वमा न्यायिक समिति गठन गर्न प्रस्ताव पेश गरेको छ । न्यायिक समितिको दुई जना सदस्यका लागि शेरबहादुर बिक, सुशीला बिक, कमला बिक र लक्ष्मी थारुको नाम प्रास्ताव गरिएको छ ।
उक्त सभा यही असार १० गतेबाट सुरु भएको थियो । त्यसपछि असार १० गते सभाको दोस्रो बैठक पुनः बसेको थियो ।

  • २१ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech